
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले एकजनाको मृत्यु हुनेगरी भएको कैलाली कारागार झडपबारे प्रशासनाले घटना सार्वजनिक शनिबार पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले घटना नेतृत्व छनौटमा विवाद हुँदा दुई समुहबिच हातपात तथा झडप भएको बताए । सो झडपमा परि धनगढी–४ का भरत चौधरीको मृत्यु भएको छ, भने ४८ जना घाइते भएका छन । सोही झडपमा गोदावरीका आयुस भट्ट गम्भीर घाइते छन ।
गम्भीर घाइते भएका भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । शनिबार बिहान सेति प्रादेशिक अस्पतालको शघन उपचार कक्षमा उपचार भइरहेको थियो । तर, जटिलता बढ्दै गएपछि थप उपचारका लागि काठमाडौं लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनले भने–‘ भट्टको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।’
उनले मृतक भरत चौधरीका विषयमा आफन्तहरुसंग संवाद भइरहेको र सो घटनाको दोषीलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे । उनले छानविन प्रतिवेदनका आधारमा विभागले उनका आफन्तको पक्षमा निर्णय लिईने बताए ।

शुक्रबार भएको झडपमा घाइते हुने अधिकाँस लागु औषध सेवन तथा ओसार पसारका आरोपीहरु रहेका छन । प्रशासनका अनुसार घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का जीवन खत्री, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का रोशन शाही, कञ्चनपुरको शुक्लाफाँटा वडा नम्बर ८ का गौरब बम, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ का विवस चौधरी, टिकापुर नगरपालिका वडा नम्बर १ शिव थापामगर, धनगढी १३ का अर्जुन खड्का रहेका छन ।
यस्तै भारतको लखिमपुर खिरि बनगाउँका पुष्पेन्द्र रानार, बैतडी डिलासैनी गाउँपालिका वडा नम्बर २ का नरेन्द्र घरेडी, कैलालीको जानकी गाउँपालिका वडा नम्बर २ का देवेन्द्र सिंह, बर्दगोरियाका सन्जु दमाई, गोदावरीका विरेन्द्र चौधरी, धनगढीका मान बिर चौधरी, मिलन चन्द, बिर बहादुर विष्ट, धनगढीका एकेन्द्र भाट, कञ्चनपुर पुनर्वासका सुरेश राना, धनगढीका विषेश नाथ योगी, पंकज चौधरी, डडेल्धुराका मिन बहादुर विष्ट र गोदावरीका सुरेन्द्र बम रहेका छन ।
पत्रकार सम्मेलनमा प्रजिअ हमालले सो घटनाको अनुसन्धान गर्न आफनो नेतृत्वमा छानविन समिति गठन गर्नुका साथै कारागारभित्रको आन्तरिक समस्या समाधानका लागि कारागार विभाग नेपालगञ्जबाट जेलर धनगढी पुगिसकेको बताए ।
उनले कैलाली कारागारमा अहिले छ सय ९५ रहेकोमा ५८ महिला रहेका छन । सो कारागारको क्षमता एक सय २५ कैदीबन्दी रहेको छ । उनले अहिले कारागारको अवस्था सामान्य रहेको र चौकीदारसंग अवस्थाबारे जानकारी लिइरहेको बताए ।
कारागारभित्र प्रहरीले कुनै कैदीबन्दीलाई भाग्न नदिन सुरक्षा घेरा भित्र राखिएको बताए । उनले कैदीबन्दीबिच कुनै पनि झैझगडा हुन नदिनेको जिम्मेवारी चौकीदार, नाइके र सहनाइकेको हुने तर, अहिले दुई समुहबिच नाइके बन्नकै लागि पटक–पटक झडप भइरहेको जानकारी दिए ।


