
मधुवन (बर्दिया) : प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लवद्वारा संचालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बादको आयोजना गरिएको छ ।
मधुवन नगरपालिका ७ नंम्बर वडा कार्यालयमा सम्पन्न गरेको हो । वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवा दूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिताले रहेको थियो ।

यस अन्तरक्रियाले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यका लागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको कुरा सम्बादमा सहभागीहरुले बताएका छन् ।
एकता र प्रतिबद्धतासहित सबै मिलेर अघि बढ्न सके मानव तस्करी जस्तो गम्भीर समस्याको अन्त्य गर्न सक्छौं एकजुट हुनुपर्नेमा कार्यक्रमका सहभागिको जोड थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै वडा अध्यक्ष हमालले बाल बिवाह, मानब बेचबिखनको जड लागु पदार्थ दुव्र्यसनी बनाएकोले यसलाई नियन्त्रण गर्न ,स्थानीय तह ,संघ सस्था ,प्रहरी ,समुदायका आगुवा सबै क्रियाशिल भएर लाग्नु पर्ने बताए,मानब बेचबिखनको जालो निकै चुनौती पुर्ण भएकाले यसलाई नियन्त्रण गर्न सबै यसका विरुद्ध लाग्न सबैलाई आग्रह गरे ।
कार्यक्रमलाई मधुवन नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गरेका थिए । भने कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर साबित्रा भाटले गरेकी थिईन ।


