कैलाली कारागारका एक थुनुवाको मृत्यु

सदरलाइन संवाददाता ९ भाद्र २०८२, सोमबार १८:४२
 

अत्तरिया :  कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ ।


टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुराईएको केहीबेर मै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए ।

उनले मृत्युको कारण भने खुल्न नसकेको बताए । मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीबाट साझेदारी वनसम्बन्धी विषय संघीय ऐनमा समावेश गर्न सुझाव

९ भाद्र २०८२, सोमबार १८:४२
दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी वन व्यवस्थापनसँग सम्बन्धित विषयहरू समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताएका छन् । सोमबार साझेदारी वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले प्रदेश स्तरबाट आवश्यक सुझावहरू तयार गरी संघीय […]