२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

घाइते चितुवालाई बर्दिया पठाइयो



सदरलाइनडटकम
१९ असार, दैलेख  : दैलेखको नारायण नपा–२ कुसाडामा बिरामी अबस्थामा भेटिएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाईएको छ । विरामी अवस्थामा भेटिएको सो चितुवालाई स्थानीयले समातेर एक दिनभर स्कुलमा बाधेर

SAM_6662

राखेका थिए ।
सो बारे ज्ल्लिा बन कार्यालय दैलेखले जानकारी पाए लगत्तै चितुवालाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई दैलेख बोलाएको थियो ।
निकुञ्जको प्राबिधिक टोली आई बहोस बनाएको र पछि खोलेर छोड्दा समेत उठेर हिड्न नसकेपछि उपचारका लागि चितुवा बर्दिया निकुञ्जमा पठाएको जिल्ला बनले जानकारी दिएको छ ।
जिल्ला बन कार्यालय दैलेखका नायब सुब्बा तिर्थ जिसिले आफुहरुले चितुवालाई दैलेखको जंगलमा छोडने भनेर टोली बोलाए पनि चितुवा धेरै दिनदेखि खान नपाएर कमजोर अबस्था भएको र आवश्यक उपचारका लागि निकुञ्जमा पठाउनु परेको बताए ।

प्रकाशित मिति : २०७३ असार १९ गते आइतबार
ताजा समाचार