
नेपालगञ्ज : चितवन सेवा समाज बाँकेद्वारा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जमा आयोजित कार्यक्रममा बिभिन्न संघ संस्थामा प्रतिनिधित्व गर्ने चितवन जिल्लावाट बसाई सराई गरेर बाँके जिल्लालाई कर्मथलो बनएका महिला दिदी बहिनीहरुलाई दर खुवाउनुका साथै ५ जना महिलालाई सम्मान समेत गरिएको हो ।
कार्यक्रममा संविधान सभाकी पूर्व उप–सभामूख पूर्णा कुमारी सुवेदी प्रमुख अतिथी रहेको कार्यक्रममा चितवन महिला अग्रगामी सोच भएका कारण हरेक क्षेत्रमा अगाडि रहेको बताउँदै सामाजिक न्यायका बिषयलाई तीजका वेला गीत मार्फत समाज जागरणमा महत्वपूर्ण भुमीका खेलेको उनले बताईन ।


संस्थाकी बरिष्ठ सल्लाहाकार तथा समाजसेवी शान्ति ढकालले चितवनबाट बाँकेमा आएर बिभिन्न पेशा ब्यवसाय गर्ने ब्यक्तिहरु सृजनशिल भएका कारण स्थापित भएको बताउँदै यसरी एकै ठाउँमा भेला हुँदा अफ्नोपनको महसुुस हुँनेहुँदा आयोजकलाई धन्यवाद दिदैं हरितालीका तीजको शुभ–कामना दिईन ।
चितवनवाट बाँकेलाई कर्मथलो वनाएका संस्थाका सल्लाहाकार अशोक कर्माचर्यले नारी वेदनाका गीत पस्कदै शुभकामना दिएका थिए । समाजका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा करिव १ सए ५० जना महिला दिदिबहिनीहरुको उपस्थिती रहको थियो भने ३ जना जेष्ठ नागरिक र २ जना सफल महिलाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जन्मथलो चितवन जिल्लावाट टाढा भएर बाँके जिल्लालाई कर्मथलो बनाएर बसेका महिला दिदी बहिनिहरुलाई बोलाएर तीज मिलन तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा सहभागीहरुले खुसी ब्यक्त गर्नुका साथै आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।



