दिवंगत प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा मुख्यमन्त्री आचार्यद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

सदरलाइन संवाददाता १५ भाद्र २०८२, आईतवार १७:५७
 

काठमाडौं : दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

आइतबार पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । पार्टीका अगुवा नेता–कार्यकर्ता, परिवारका सदस्य, आफन्त तथा स्षटमित्रहरुको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो ।


रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाजलाई नै स्तब्ध तुल्याएको भन्दै मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यका अनुसार पुनले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेकी थिईन । उनलाई एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधिका रूपमा स्मरण गर्दै उनको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् ।

पुनको केही दिनअघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिईन भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचार सफल हुन नसकेपछि पुनको निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान

१५ भाद्र २०८२, आईतवार १७:५७
नेपालगञ्ज :  १८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल गर्दै एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ । बास नेपाल केन्द्रीय कार्यालयद्धारा सञ्चालीत असल शासन सुचना केन्द्र मार्फत बर्षभरी पुस्तकको अध्ययन, उपयोग तथा पुस्तकालयको महत्वका बारेमा प्रचार गरेको आधारमा उक्त सम्मान गरिएको हो । असल शासन सुचना केन्द्र […]