एमालेका जनसंगठनलाई पार्टीको नीतिअनुसार सञ्चालन हुन अध्यक्ष ओलीको निर्देशन

सदरलाइन संवाददाता १८ श्रावण २०८२, आईतवार १२:०३
 

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन गर्न निर्देशन दिएका छन् ।

बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रह गरेका हुन । उनले भने, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’


एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिएका छन् । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विधान महाधिवेशनसम्बन्धी गरिएका निर्णयबारे स्पष्टता प्रदान गर्न बैठक आयोजना गरिएको बताइएको छ ।

बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत व्यक्त गरिएको छ । बैठकमा आगामी भदौभित्र सबै जनसंगठनले आफ्ना कार्ययोजना तयार गरी पार्टी नेतृत्वमा पेस गर्ने निर्णयसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक’

१८ श्रावण २०८२, आईतवार १२:०३
काठमाडौ :  नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्र बिचको सहकार्य अपरिहार्य रहेको बताएका छन । बिमा क्षेत्रमा नीतिगत सुधारसँगै प्रविधियुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिदै भने,–‘अबको बिमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र […]

सम्बन्धित