‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर अनावरण

लक्ष्मी तिमिल्सेना २२ असार २०८२, आईतवार १९:३२
 

नेपालगञ्ज : चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर अनावरण गरिएको छ । नेपालगन्जको क्युएफएक्स वागेश्वरी सिनेमाघरमा एक कार्यक्रमको आयोजना गरी उक्त पोस्टर अनावरण गरिएको हो ।

 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले अनावरण गरेको पोस्टरमा विजय बरालले चलाईरहेको रिक्सामा मिरुना मगर बसेकी छन् । दुईजनाको वार्तालाप भईरहेको देखिने यस पोस्टरमा ‘के तिमिले जुन देखेकी छौ ?’ भन्ने विजयको प्रश्नमा ‘मैले मेरी आमा देखेकी छु’ भन्ने मिरुनाको सुन्दर जवाफ छ ।

 

संगै अनावरण गरिएको अर्को पोस्टरमा भने अभिनेत्री केकी अधिकारीको एउटा हात बाँधिएको छ भने अर्कोहातमा धागो अल्झिएको छ । उनी भन्दैछिन्,–‘जति पिडा भएपनि कहिले ऐया नभन्ने मेरी दिदी ।’

 


गतवर्ष नेपाली चलचित्र उद्योगलाई राम्रा सिनेमा दिने विजय, केकी र मिरुनालाई पर्दामा संगै देख्न पाउने कुराले मोफसलका दर्शक उत्साहित छन् ।

 

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । अहिले पोस्टप्रोडक्सनमा रहेको चलचित्र भदौ ६ गते रिलिज हुनेछ । चलचित्रको असोसियट निर्देशकमा मनिष राउत छन् । चलचित्रमा विजय, भोलाराज र आरुससँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी लगायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने छन् ।

 

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमाका निर्माण नियन्त्रकका रुपमा लक्ष्मणराज पौडेल रहेका छन् । काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनमा भएको कार्यक्रममा संघका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता रहेको थियो, भने कार्यकारी सचिव लक्ष्मी तिमिल्सेनाले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमिकोट राष्ट्रिय सडकमा जोडिएकोमा असाध्यै खुशी छुः प्रधानमन्त्री ओली

२२ असार २०८२, आईतवार १९:३२
सिमकोट : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् । रास्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु, प्रधानमन्त्री ओलीले भने,‘यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त […]