
नेपालगञ्ज : बाँकेका बाढीको चपेटामा अत्याधिक पर्ने ३ पालिकाको चार वडाका प्रतिनिधिमुलक समुदायलाई बाढी पूर्वानुमान पश्चात पूर्वकार्य अन्तरगत आपतकालिन अवस्थामा यौन तथा लंैङ्गिक हिंशा र बाल संरक्षण सचेतना तालिम दिईएको छ ।
नेपाल रोडक्रश सोसाइटी बाँकेको आयोजनामा दिईएको सो तालिममा राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउपालिकाका ४ वटा वडाका समुदायलाई दुईदिने सो तालिम दिईएको हो
रेडक्रस बाँकेका सभापति गोबद्धन सिंह सम्झनाले बाँकेमा बाढीजन्य विपदको आपतकालिन अवस्थामा हुनसक्ने यौन तथा लंैङ्गिक हिंशा र बाल संरक्षणका बारेमा बाँकेको राप्तीसोनारी गाउपालिकाको वडानं. ६ र ७ नरैनापुरको वडानं. ६ र डुडुवा गाउपालिकाको १ नं. वडा गरी ४ वटा वडाका समुदायलाई दुईदिने सो सचेतनामुलक तालिम दिईएका जानकारी दिए ।

आपतकालिन अवस्थाको फाईदा उठाउदै उद्दार तथा सेल्टरमा हुनसक्ने यौन तथा लंैङ्गिक हिंशालाई रोक्न र बाल संरक्षणको लागि यस्तो खालको तालिमले सहज बनाउने रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठको भनाई छ । उनले समता मुलक समाज निर्माणमा पनि यसको भूमिका हुने कुरामा जोड दिईन ।
सो तालिमका सहजकर्ता समेत रहेका नेपाल रेडक्रश केन्द्रीय कार्यालयका लैङ्गिक हिशा निवारण तथा बालसंरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले खासगरी विपदको बेलामा समुदायमा कुनैपनि विभेद हुन नदिनको लागि यस्तो तालिम प्रभावकारी हुने बताए ।
रेडक्रश बाँकेका कार्यालय प्रमुख दोलखबहादुर डागीले बिपदको बेलामा हुनसक्ने विभेद रोक्ने कामका लागि समुदायलाई सचेत बनाउन पूर्व तयारीको लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले तालिममा समुदायमै रहने व्यक्तिहरु सहभागि गराईएकोले पनि विभेद जन्य घटना नहुनेमा आफु ढुक्क रहेको बताए ।
बाढीको उच्च जोखिममा रहेका बाँकेका ३ पालिकाका ४ वडाका जनप्रतिनिधि, विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने ६ वटा समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन झबीलाल शर्माले गरेका थिए । भने सहजिकरण दिव्यराज पौडेल, बरिष्ठ महिला विकास अधिकृत पबित्रा पुरी, सुभेच्छा मानन्धरले लगायतले गरेका थिए ।


