दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु

सदरलाइन संवाददाता ४ श्रावण २०८२, आईतवार ११:५७
 

नेपालगञ्ज : दाङ देउखुरीको लमहीमा आफ्नै गाडी पछाडि गुडेर भएर च्यापिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएका थिए । आज बिहान ६ बजेतिर गाडी पछाडि गुडेर बानियालाई च्यापेको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । तर बिहान ६:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका लमही प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रको अभिभावक भएकोले सक्रिय राजनीतिमा आउन हुँदैन : एमाले नेता ढुंगेल

४ श्रावण २०८२, आईतवार ११:५७
काठमाडौं :  नेकपा एमालेका केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले जीवन्त पार्टी भएकोले पार्टीमा विभिन्न छलफल, बहस र धारणा राख्न पाइने बताएका छन् । उनले कुनै विशेष मुभमेन्टको बेलामा पार्टी र देशको रक्षाका लागि नेतृत्वको आदेश पूर्ण पालना गरेर कुनै प्रश्न नउठाई अघि बढ्नु पर्ने भए पनि […]

सम्बन्धित