२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु



नेपालगञ्ज : दाङ देउखुरीको लमहीमा आफ्नै गाडी पछाडि गुडेर भएर च्यापिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएका थिए । आज बिहान ६ बजेतिर गाडी पछाडि गुडेर बानियालाई च्यापेको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । तर बिहान ६:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका लमही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार
ताजा समाचार