ट्याक्टर दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज ल्याइयो

सदरलाइन संवाददाता ३ श्रावण २०८२, शनिबार १७:४२
 

नेपालगञ्ज :  हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज ल्याइएको छ । सिमकोट गाउँपालिका–१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको हो ।

१४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका–२ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका–३ का हर्क रावल, वडानम्बर २ का पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई नेपालगञ्ज ल्याइएको हो ।


रिफर गरिएका घाइतेहरुको कसैको हात, खुट्टा भाँचिएको छ भने कसैको पेट, टाउँकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । अन्य १० जनाको जिल्ला अस्तालमै उपचार भइरहेको छ ।

दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क०२००१त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । घाइते भएका उनीहरूलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पतालमा       पु-याएका थिए ।

दुर्घटनामा परेकाहरू चुवाखोला वनबाट पोड्या संकलन गरी घर फर्किंदै थिए । उनीहरु दोजाम गाउँबाट बालुवा लोड गरेएको ट्याक्टरमा चढेर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका–३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा जनताको तटबन्धको कामको स्थलगत अवलोकन

३ श्रावण २०८२, शनिबार १७:४२
नेपालगञ्ज : राप्ती नदीको कटानबाट रोक्नको लागि जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ६ लमहीले बाँकेमा गरिरहेको कामको बारेमा अनुगमन गरिएको छ । जनताको तटबन्धले बाँकेको राप्तीसोनारी–७, खल्लाझगडीयामा निर्माणाधीन बाढीबिरुद्ध बचाउका लागि आपतकलिन कार्य अन्तर्गत भईहेको बेम्बो पायलिङ्ग र आरसिसि प्रकोपाईन कार्यको स्थलगत अवलोकन गरिएको हो । जनताको तटबन्ध आयोजना […]

सम्बन्धित