चिसापानीको हात्तिसारमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु

सदरलाइन संवाददाता २७ असार २०८२, शुक्रबार १२:३२
 
                                                                                                                                                                                       सांकेतिक तस्बीर

बैजनाथ (बाँके) :  बाँकेको बैजनाथ–१ देउराली हात्तिसारमा बर्दिया राष्ट्रिय निकुञ्जवाट आएको जंगली हात्तिको बथानले आक्रमण गर्दा च्याउ टिप्न जंगल पसेकी एक महिलाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज शुक्रबार बिहान करिव सवा ८ बजेतिर घटेको सो घटनामा परेर चिसापानीकी ४५ वर्षिया पुर्णिमा बुढाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने जनाईएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुर ईन्चार्ज समेत रहेकी प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले जंगलमा च्याउ टिप्न गएको बेलामा एक्कासी जंगली हात्तिको झुण्डले फेला परी आक्रमण गरेको जानकारीमा आएको बताईन ।

आक्रमणबाट गम्भीर आवस्थामा रहेकी बुढालाई उपचारार्थ शिक्षण अस्पताल कोहलपुर पुराएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । चिकित्सकहरुले निजको मृत्यु घटनास्थल मै वा उपचारको लागि अस्पताल पुराउदै गर्दा बाटोमा नै भएको हुन सक्ने आशंका गरिएको छ ।


मृतक बुढाका आफन्त लोकवहादुर रोकायका अनुसार अहिले मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुराईएको छ ।

विहान सबेरै च्याउ खोज्न गएकाहरु मध्य बुढा जंगली हात्तिहरुको वथान नजिक पुगेपछि हात्तिले आक्रमण गरेको भए पनि अन्य महिलाहरु त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका च्याउ खोज्न बुढासंगै गएकी मैसरा रोकायले वताईन ।

स्थानीयका अनुसार केही दिनयता १२ वटा जंगली हात्तिको बथानले देउराली क्षेत्र आसपास त्रासको वातावरण सिर्जना गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परिवार नियोजन संघ बाँकेको ४१औ वार्षिक साधारण सभा सम्पन्न

२७ असार २०८२, शुक्रबार १२:३२
नेपालगञ्ज : नेपाल परिवार नियोजन संघ बाँकेको ४१ औ वार्षिक साधारण सभा नेपालगञ्जमा सम्पन्न भएको छ । शाखा सभापति बदरुद दुजा खाँको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका पूर्व मन्त्री बादशाह कुर्मी रहेका थिए । सो साधारण सभामा वार्षिक कार्यप्रगती सभापति खाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष […]