२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु



नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरसिंह थारूको रहेका छन् ।

भे ७ प २८९८ नम्बरको मोटरसाइकल राप्तीसोनारी– ५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएको थियो ।

भरत बादीले चलाएको मोटरसाइकलको पछाडी थारू बसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो ।

उपचारको क्रममा बिहान ४ः३० बजे मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार
ताजा समाचार