चुनौतीको सामना नगरी आन्दोलनको रक्षा र प्रगति गर्न सकिदैन : एमाले महासचिव पोखरेल

सदरलाइन संवाददाता १३ असार २०८२, शुक्रबार १३:५४
 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि चुनौतीको सामना नगरी आन्दोलनको रक्षा र प्रगति गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै एमाले महासचिव पोखरेलले चुनौतीसँग जुध्ने सङ्कल्पबिना सफलता सम्भव नहुने स्पष्ट पारेका छन् ।


‘चुनौतीलाई सामना गरेर नै सफलता प्राप्त गर्न सकिन्छ,। चुनौतीबाट भाग्न खोज्नेले न आन्दोलनको रक्षा गर्न सक्छ, नत प्रगति नै’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।

हालैको राजनीतिक अवस्था, पार्टीभित्रका बहस, जिम्मेवारीप्रति नेताहरूको भूमिकामाथि उठेका प्रश्नहरू र राष्ट्रिय राजनीतिमा एमालेको सक्रियता सन्दर्भमा महासचिव पोखरेलको यो भनाइ आएको हो ।

उनको सन्देशलाई पार्टी अनुशासन, नेतृत्वको दृढता र रणनीतिक समझदारीप्रति सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनचाँदी व्यवसायीहरुको आन्दोलन अनिश्चितकालका लागि पसल बन्द

१३ असार २०८२, शुक्रबार १३:५४
नेपालगञ्ज : सुनचाँदी व्यवसायीहरूले सुरु गरेको आन्दोलनले नेपालगञ्जलगायत देशभरका सुनचाँदी पसलहरू अनिश्चितकालका लागि बन्द गरेका छन् । देशका प्रमुख शहरमा सञ्चालनमा आएका सुनचाँदी पसलहरु बन्द गरी व्यवसायीहरू आन्दोलनमा उत्रीएका हुन । नयाँ बजेटका कर नीतिको विरोधमा पसल अनिश्चितकालका लागि बन्द गरेका छन् । उनीहरूले सुनमा लगाइएको २% विलासिता कर र […]

सम्बन्धित