प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल

सदरलाइन संवाददाता १९ जेष्ठ २०८२, सोमबार १६:३२
 

नेपालगन्ज : प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।

 


प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शीर्ष नेताहरूको बैठक : गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान कायमै

१९ जेष्ठ २०८२, सोमबार १६:३२
नेपालगन्ज : सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए । […]