२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल



नेपालगन्ज : प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार
ताजा समाचार