विनयी खोलामा आएको बाढीले बस बगाए पनि यात्रु सकुशल

सदरलाइन संवाददाता ६ असार २०८२, शुक्रबार १७:२३
 

 

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस बगाएको छ ।

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । ‘रुद्राक्ष’ नामको सो बस बिहिबार साँझ काठमाण्डौबाट नेपालगञ्नका लागि छुटेको थियो । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले भनाई छ । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन ।

बिनयी खोलाको नयाँ डाईभर्सन पार गर्दै गर्दा बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए ।


प्रहरी निरीक्षक तिमिल्सेनाले भने–‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो । तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’

रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनसुन प्रणाली देशभर फैलियो, सचेत हुन आग्रह

६ असार २०८२, शुक्रबार १७:२३
नेपालगञ्ज :  यस वर्षको मनसुन प्रणाली शुक्रबार (आज)देखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यसवर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र […]

ताजा अपडेट