मेसिनबाट माटाका भाँडा निर्माण : दिन मै २ हजार माटाका भाँडा उत्पादन

लक्ष्मी तिमिल्सेना १६ असार २०८२, सोमबार १४:११
 


नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं १६ जैसपुर जावेद अहमद मेसिनबाट माटाका भाँडा बनाउछन् । उनले माटोका भाडा निर्माणकालागि मेसिन जडान गरेका छन् । हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या हुने र माग अनुसार उत्पादन गर्न नसकिने भएकोले आधुनिक मेसिनको प्रयोगबाट माटाका भाँडा निर्माण गर्दै आएको उनि बताउछन् ।

प्रविधिको माध्यमबाट भाँडा बनाउने काम गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको भनाइ उनको छ । माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने भएपछि पछिल्लो समय प्रविधिले सहज बनाइदिएको उनि बताउछन् ।

चिया खाने कुल्लढ देखि लस्सी वा दुख खानका लागि प्रयोग गरिने विभिन्न आकारका कुल्लढ तथा गिलासहरु बनाएर बिक्री गर्दै आएका उनले १ दिन मै २ हजारसम्म माटाका भाँडा उत्पादन गर्नेसक्ने बताए ।


मेसिन विद्युतबाट चल्ने भएकाले मेसिनको प्रयोगसँगै भाँडा बनाउन लाग्ने समय पनि कम हुन्छ । तीन दिन लाग्ने काम मेसिनबाट एक दिनै सकिन्छ । उनले अहिले दाङ्ग, कोहलपुर तथा नेपालगञ्जका विभिन्न स्थानहरुमा उनले होलसेलमा आफ्नो उत्पादनको व्यापार गरिरहेका छन् ।

नेपालगञ्जमा माटाकै भाडाँ निमार्ण तथा व्यापारबाट जिविकोपार्जन गर्दै आईरहेको कुमाल समुदायको पनि बसोबास रहेको छ । यस समुदायले परम्परागत शैलिमा माटाका भाँडाहरुको उत्पादन र व्यापार गर्दै आएको छ । उनिहरुको जिवनस्तर उकास्न तथा माटाका भाँडा उत्पादन बढाउन स्थानीय सरकारले यसप्रकारको प्रविधि भित्र्याउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरो खसेर अवरुद्ध कर्णाली राजमार्ग सुचारु

१६ असार २०८२, सोमबार १४:११
नेपालगन्ज : पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ । सामान्य वर्षाका कारणले कर्णाली राजमार्गको जितेनजिक पहिरो खस्दा जिते–मान्म सडकखण्ड अवरुद्ध भएको थियोे । पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो । सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका यातायात बन्द हुँदा यात्रुले सास्ती पाएका थिए । […]