२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त



एजेन्सी : भारतमा गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको बताइएको छ।

अहमदाबादको अग्नि नियन्त्रण विभागले दुर्घटनास्थलमा दमकलहरू पठाइएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

अहमदाबाद विमानस्थलको टर्मिनल १ का व्यवस्थापकले बीबीसी हिन्दीसँग कुरा गर्दै विमानस्थल क्षेत्रको बाहिर धुवाँको मुस्लो देखिएको र त्यसको जाँचको लागि एक टोली खटाइएको बताएका छन्।

उक्त विमान यूकेको लन्डनस्थित ग्याटविक तर्फको यात्रामा रहेको बताइएको छ।
प्रहरीलाई उद्धृत गर्दै रोएटर्स समाचार एजेन्सीले जनाए अनुसार विमानमा २४२ जना यात्रु रहेको बताइएको छ। यी विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार
ताजा समाचार