ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता १५ असार २०८२, आईतवार १९:११
 

बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ बागेश्वरी मन्दिर नजिकबाट प्रहरीले भारत बहराइच जिल्ला केवलपुरका २४ वर्षीय मोहम्मद आरिफलाई २० ग्राम ९२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।


बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले शंका लागेर जाँच गर्दा आरिफको साथमा ब्राउनसुगर फेला परेको जानकारी दिए । भारतीय नागरिक आरिफ ब्राउन बिक्री गर्न नेपालगन्ज आएको बुझिएको छ ।

प्रहरीले आरिफले कसलाई दिन आएको वा बिक्री गर्न आएको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य जनशक्ति उत्पादनको केन्द्र : कैलपाल हस्पिटल एण्ड कलेज

१५ असार २०८२, आईतवार १९:११
नेपालगञ्ज : पश्चिम नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको कैलपाल हस्पिटल एण्ड कलेज २०६० सालमा स्थापना भएको हो । यस कलेजले स्थापनाकाल देखि नै हरेक वर्ष दक्ष जनशंक्ति उत्पादन गर्दै आएको छ । नेपालगन्ज उप–महानगरपालिका –१० अवस्थित यस कलेजको स्थापना हुँदा जनरल मेडिसिन (एचए)को मात्रै अध्यापन गराईन्थ्यो । […]