पहिरो खसेर अवरुद्ध कर्णाली राजमार्ग सुचारु

सदरलाइन संवाददाता १६ असार २०८२, सोमबार १५:२२
 

नेपालगन्ज : पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ । सामान्य वर्षाका कारणले कर्णाली राजमार्गको जितेनजिक पहिरो खस्दा जिते–मान्म सडकखण्ड अवरुद्ध भएको थियोे ।

पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो । सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका यातायात बन्द हुँदा यात्रुले सास्ती पाएका थिए । बिहानदेखि सडक अवरुद्ध भएको थियो । खाँडाचक्र –१ का मिलन खड्काका अनुसार वर्षा सुरु भएसँगै कर्णाली राजमार्गमा पहिरो झर्न सुरु भएको छ ।

जितेसँगै हुल्म, लगायतका ठाउँमा पहिरो झरेको छ । स्थानीय सरकारले राजमार्ग जोड्न खनेका सहायक सडक र बेला–बेला मर्मतको नाममा किस्ता किस्तामा सडक फराकिलो पार्ने चलनका कारणले जमिन थर्किदा पहिरो झर्ने खतरा बढ्दैआएको छ ।


जिते भिरको चट्टान फुटेर पहिरो झरेपछि केही घण्टा राजमार्ग बन्द भएको थियो । सडक बन्द हुँदा यात्रुलाई समस्या भएको थियो । पहिरो झरेको ठाउँमा कुनै होटल पसल नहुँदा समस्या भएको यात्रुको गुनासो छ ।

पहिरो पञ्छाएर सडक खुलेसँगै यात्रु गन्तब्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले पहिरो केही छिनमै खुलेको भए पनि साँघुरो सडकका कारणले दोहोरो गाडी पास गराउँदा समय लागेको बताए ।

डिएसपी रावतका अनुसार अहिले बाटो सुचारु भएको छ । पहिरो पन्छाउनका लागि सडक कार्यालयले स्काभेटर तयारी अवस्थामा राख्ने गरे पनि पहिरो पन्छाउन समय लाग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा आयोजनाको गुरुवागाउ शाखा नहर निर्माण सम्पन्न परिक्षणका लागि पानी छाडियो

१६ असार २०८२, सोमबार १५:२२
नेपालगञ्ज : बाँकेमा सञ्चालनमा रहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पश्चिम मूलनहर अन्तरगतको गुरुवागाउ शाखा नहर निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भई परिक्षणको लागि नहरमा पानी छाडिएपछि किसानको मुहारमा खुशी देखिएको छ । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पश्चिम नहर अन्तरगत गुरुवागाउ शाखा नहरको करिव ११ किलोमिटर […]