स्वास्थ्य जनशक्ति उत्पादनको केन्द्र : कैलपाल हस्पिटल एण्ड कलेज

लक्ष्मी तिमिल्सेना १६ असार २०८२, सोमबार १०:४५
 

नेपालगञ्ज : पश्चिम नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको कैलपाल हस्पिटल एण्ड कलेज २०६० सालमा स्थापना भएको हो । यस कलेजले स्थापनाकाल देखि नै हरेक वर्ष दक्ष जनशंक्ति उत्पादन गर्दै आएको छ ।

नेपालगन्ज उप–महानगरपालिका –१० अवस्थित यस कलेजको स्थापना हुँदा जनरल मेडिसिन (एचए)को मात्रै अध्यापन गराईन्थ्यो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि ) बाट सम्बन्धन प्राप्त यस कलेजमा अहिले भने जनरल मेडिसिन (एचए), रेडियोग्राफी र ल्याब टेक्निसिएन तथा प्रि–डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ्ग समेत पढाइ हुन्छ ।

जनरल मेडिसिन (एचए)मा ४० जना, रेडियोग्राफीमा ३० र प्रमाणपत्र तह मा ल्याब टेक्निसिएनमा ३० जना तथा प्रि–डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ्गमा ३० जनाको लागि अध्ययन कोटा रहेको छ । साथै यस कलेजमा डिप्लोमा ईन फार्मेसी समेत पढाई हुन्छ । कलेजमा अध्ययनका लागि जनरल मेडिसिन (एचए)मा ४ जना, रेडियोग्राफीमा ३ जना र ल्याब टेक्निसिएनमा ३ जनाले छात्रवृत्ति पाउने व्यवस्था छ ।


कलेजमा पर्याप्त प्रयोगशालाहरू छन् । अध्ययनका लागि उचित वातावरण छ । गुणस्तरिय शिक्षा प्रदान गरिएकै कारणले पढाइ सकिसकेपछि विद्यार्थीहरूलाई जागिरको समस्या हुँदैन ।

कैलपाल कलेजका निर्देशक रेवती सिंह भन्छिन्,–‘हामीले पढाएका विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रको उच्च स्थानमा पुगेका छन् । पढेका हाम्रा कतिपय विद्यार्थीहरु अहिले यहीँ पढाउँछन् । हाम्रा लागि यो भन्दा गर्वको कुरा अरु के हुनसक्छ । सरकारी होस वा निजि क्षेत्रहोस जहाँ गएपनि कोही न कोही पक्कै हाम्रो विद्यार्थी भेट्नु हुने छ ।’

‘स्वास्थ्य संस्थाका रूपमा रहेको यो कलेजमा पर्याप्त प्रयोगशालाहरू छन् । अध्ययनका लागि उचित वातावरण रहेको छ । हामीले थुप्रै प्रविधि समेत भित्र्याएका छौं ।’–उनले थपिन् ।

पश्चिम नेपालमा पाँच हजारभन्दा धेरै स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्न सफल नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड हेल्थ कलेजकी निर्देशक रेवती सिंहलाई पश्चिम नेपालमा स्वास्थ प्राविधिक जनशक्ति उत्पादनको श्रेय जान्छ । उनले २०६० सालमा स्थापना गरेको कैलपाल हस्पिटल एण्ड हेल्थ कलेज पश्चिम नेपालमा निम्न वर्गका विद्यार्थीका लागि रोजगारी प्राप्तिको गतिलो खुट्किलो त बन्यो नै देशमा देखा परेको स्वास्थ्य जनशक्ति अभाव टार्नसमेत मद्दत गरेको ग-यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेसिनबाट माटाका भाँडा निर्माण : दिन मै २ हजार माटाका भाँडा उत्पादन

१६ असार २०८२, सोमबार १०:४५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं १६ जैसपुर जावेद अहमद मेसिनबाट माटाका भाँडा बनाउछन् । उनले माटोका भाडा निर्माणकालागि मेसिन जडान गरेका छन् । हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या हुने र माग अनुसार उत्पादन गर्न नसकिने भएकोले आधुनिक मेसिनको प्रयोगबाट माटाका भाँडा निर्माण गर्दै आएको उनि बताउछन् […]