कर्तव्य ज्यान मुद्धामा फरार एक जना जमुनाहा नाकाबाट पक्राउ

सदरलाइन संवाददाता १२ असार २०८२, बिहीबार १६:०८
 

नेपालगन्ज : कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला-१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी २१ वर्षदेखि फरार रहेका साविक सिलुवा गाविस-९ हाल पूर्वखोला-१ गुनडाँडा बस्ने ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

सार्कीलाई नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सार्कीलाई बिहिबार बिहान ४ बजे बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको जमुनाहा स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।


२०६१ असार १९ गते अन्दाजी साँझ ६ः३० बजेको समयमा पाल्पा, साविक सिलुवा(९ हाल पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडाकी ५५ वर्षिया चिनीसरा सार्कीको हत्या गरि पूर्णबहादुर फरार रहेको डीएसपी मल्लले बताए ।

सार्कीमाथी मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४९१० बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका शिक्षा कार्यक्रमको निरन्तरतामा सरोकारवालाको जोड

१२ असार २०८२, बिहीबार १६:०८
खजुरा (बाँके) :  रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा बाँकेमा सञ्चालन गर्दै आएको बालिका शिक्षा कार्यक्रम अन्तर्गत खजुराको ज्ञानोदय नमुना माविमा जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ । बालिका शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयमा गठन गरिएको ‘जलवायु न्याय क्लब’मा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको […]