राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु

सदरलाइन संवाददाता १४ जेष्ठ २०८२, बुधबार १६:४७
 

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा बुधवारदेखि तीन दिने तालिम सुरु भएको महासंघका सचिव कृष्ण ओलीले जानकारी दिए ।

तालिमको सुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले मुलुक परिवर्तनमा नेपाली पत्रकारिताहरुको योगदान महत्वपूर्ण रहेको बताए । यो तालिमले स्थानीय सरकारको सुशासन र जवाफदेहिता उजागरमा भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । उनले चौतर्फी नकारात्मक प्रवृत्ति बढिरहेका बेला पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाहका भूमिका खेल्न पनि आग्रह गरे । पछिल्लो समय नकारात्मक प्रवृत्तिको पीडा जनप्रतिनिधिले खेप्दै आएको पनि उनले गुनासो सुनाए । उनले तथ्यपरक आलोचना गर्न सुझाव दिए । तर पूर्वाग्रही भएर आलोचना गर्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने उनले बताए । उनले आगामी आर्थिक वर्षका लागि सञ्चार नीतिका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पालिकाले गर्दै आएका सकारात्मक कामहरुलाई पनि मिडियामार्फत प्रचार गरिदिन आग्रह गरिन् । उनले नकारात्मक कुरामात्र नभएर सकारात्मक कुराहरु पनि मिडियाहरुले उठाउनुपर्ने सुझाव दिइन् । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष शालिकराम डाँगीले पत्रकारिताका माध्यमबाट राप्तीसोनारीको पहिचानमा सघाउन उनले आग्रह गरे ।

वडा नं.७ का वडा अध्यक्ष रामलखन थारुले सुशासन र विकासका लागि पत्रकारिता आवश्यक रहेको बताए । उनले पत्रकारिताका माध्यमबाट सत्यतथ्य कुराहरु बाहिर ल्याउन पनि आग्रह गरे । आधारभूत तालिम सिकेर त्यसलाई व्यवहारिक जीवनमा लागू गर्न पनि आग्रह गरे ।


त्यसैगरी वडा नं.९ का वडा अध्यक्ष सोहनलाल थारुले सीप सिक्न पाउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए । उनले क्षमता अभिवृद्धिका लागि पैसासँग तुलना गर्न नहुने भन्दै प्राप्त सीपलाई व्यवहारमा उतार्ने गरी लाग्न सुझाव दिए ।

यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थानीय तहमा पत्रकारहरुको उत्पादनमा जोड दिएर आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको बताए । उनले तालिममा सहभागिहरुलाई नागरिक पत्रकारिताको माध्यमबाट पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने पनि बताए । उनले पत्रकारिताको सीप सिकेर मर्यादित पत्रकारिताको अपेक्षा समेत गरे । उनले स्थानीय सञ्चार नीति निर्माणका लागि भूमिका खेल्न पालिकासँग आग्रह गरे ।

पहिलो दिन पत्रकार शंकर खनाल र अर्जुन ओलीले प्रशिक्षण दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा गणतन्त्र स्थापनामा राजनीतिक दलको भूमिका

१४ जेष्ठ २०८२, बुधबार १६:४७
दुई छिमेकी देसहरु भारत र चिन जस्ता ठूला गणराज्यहरुको बिचमा अवस्थित संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुक नेपालको इतिहाँस अनेक आरोह र अवरोहले भरिएको छ । नेपालमा २४० बर्ष लामो शाह बंशले शासन गरेका थिए । शाह बंशका राजा पृथ्बीनायण शाहले आधुनिक नेपालको निर्माण गरेका थिए । राजा पृथ्वि नारायण शाह नेपालको […]