
कोहलपुर (बाँके) : जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको बाँकेको कोहलपुर नगरपालिकाको नियमित कार्य सञ्चालन तथा कागजात सुरक्षाको लागि कोहलपुर उद्योग वाणिज्य संघले २५ थान दराज हस्तान्तरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य संघले नगरपालिका कार्यालयलाई निशुल्क २५ थान स्टिल दराज उपलब्ध गराएको हो ।
गत भदौ २४ भएको जेन्जी आन्दोलनका क्रममा कोहलपुर नगरपालिकामा भएको आगजनीबाट कार्यालय पुर्ण रुपमा क्षती भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग उपलब्ध गराएको उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदिप भट्टराईले जानकारी दिए ।

नगरपालिका परिसरमा औपचारीक कार्यक्रमको आयोजना गरेर संघका पदाधिकारीहरुको टोलीले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई दराजको साँचो हस्तान्तरण गरेको हो ।
नगरपालिकालाई सञ्चालन र व्यवस्थापन गर्न सहज र सजिलो बनाउने उद्देश्यले दराज हस्तान्तरण गरेको बताउँदै संघका अध्यक्ष भट्टराईले आवश्यक परे थप सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।
नगर प्रमुख आचार्यले स्वतस्फुर्त रुपमा पालिका सञ्चालन र व्यवस्थापनमा सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत संघको नगरपालिकासंग निरन्तर समन्वय र सहकार्यमा आफु विश्वस्त रहेको बताए ।


