२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भारतबाट फर्किंदै गरेका एक नेपाली यात्रा गरेको बसभित्रै मृत भेटिए



नेपालगञ्ज  : भारतको बिहारबाट रुपैडिहा नाका हुँदैै नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । गोर्खा घर भएका ४६ वर्षिय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए ।

गोर्खाको गण्डकी गाउँपालिका फुजेल घर भएका मृतक पन्त बिहारबाट रुपैडिहा हसँदै जमुनाहबाट नेपाल प्रवेश गर्ने उद्देश्यले हिँडेको खुलेको छ । डीएसपी पातलीले मृतकको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको जानकारी दिए ।

पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारतीय प्रहरीले जनाएको छ । बिहार हुँदै रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेको र आफन्तलाई जानकारी गराएर बोलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी पातलीले बताए ।

प्रकाशित मिति : २०८२ वैशाख २६ गते शुक्रबार
ताजा समाचार