
नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उप–महानगरपालिका समितिको अध्यक्षमा बिष्णु खनाल सर्वसम्मत चयन भएका छन । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रसान्त बिष्ट प्रमुख अतिथि रहेको दोस्रो अधिवेशन तथा साधारण सभावाट नौ जनाको कार्यसमिति निर्विरोध निवाचित गरेको हो । निर्वाचन मण्डलका अनुसार अध्यक्षमा बिष्णु खनाल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र बहादुर जोशी, उपाध्यक्षमा फणाधर भण्डारी, महासचिवमा भोजराज तिमिल्सैना र कोषाध्यक्षमा बिनोद अग्रहरी चयन भएका छन् । साथै सदस्यहरुमा विजय चौधरी, नरमायाँ घर्ती, प्रेम प्रसाद शर्मा, बाल कुमारी के.सी., बसन्ती पौडेल, चेतना बि.एम., बिर बहादुर हमाल, निर्मला रेग्मी र खम्म बहादुर विष्ट निर्वाचित भएका छन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख बिष्टले घरेलु तथा साना उद्योग देशको आर्थिक विकासको मेरुदण्ड भएको कुरामा आफू जानकार रहेको र त्यसको बिकासको लागी आपूmले नगरको तर्फवाट सहयोग गर्ने प्रतिबद्वता जाहेर गरे ।

आगामी आर्थिक वर्षमा महासंघको भवन निर्माणको लागि उप–महानगरपालिका बाट आउने बजेटमा १० लाख उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । पहिलो सत्रको कायक्रमको अध्यक्षता गरेकी महासंघकी अध्यक्ष डिला शाहले अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा खजुरा गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारी, तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिकी केन्द्रीय उपाध्यक्ष कृष्णा पाठक, नेपाल घरेलु तथा साना उद्योग माहासघ बाँकेका अध्यक्ष सम्मर बहादुर खत्री लगाएतले दोस्रो अधिवेशन तथा साधारण सभाको सफताको शुभकामना दिएका थिए ।
त्यसै गरि नेपालगञ्ज उप–महानगरपालिकाका महिला उद्यमीसंघ नेपालको कालि मियाँ ‘कस्मिरा’को अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष सिता बन्जाडे, उपाध्यक्षमा जानका शर्मा, महासचिवमा पुष्पा कँडेल, (कोषाध्यक्षमा कोमल श्रेष्ठ र सदस्यहरुमा विन्दु जोशी,पार्वती थापा, रुबी बानो सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष बिकास आर्चाले जानकारी गराएका छन् ।


