२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नेपालगञ्जका मुस्लिम महिलालाई तीनदिने नेतृत्व विकास तालिम सुरु



नेपालगञ्ज :  सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एवम नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम नेपालगञ्जमा सुरु भएको छ ।

तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार उद्घाटन गर्दै मुस्लिम महिलाको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउदै तालिममा महत्वका साथ सहभागी भइ सिक्नुपर्ने बताए ।

मन्त्री तिमिल्सिनाले मुस्लिम समुदायमाका महिलाहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउदै आफ्नो हक अधिकारका लागि पैरबी गर्न आवश्यक रहेको बताए । पछाडी परेका महिलाहरुको हक अधिकार र स्वतन्त्रताका लागि तालिम उपयागी हुने बताउदै उनले भने–‘अधिकारका लागि आफै आजैबाट जाग्न जरुरी छ, समाज रुपान्तरणका लागि अबश्यक तत्वहरु के के हुन भन्ने कुरा तालिमबाट सिक्न सकिन्छ ।’

तालिममा लम्बिनी प्रदेश सभा सदस्य मिना सिद्दिकी बोहराले मुस्लिम महिलाहरु यसरी तालिममा सहभाही भएको देख्दा निकै हर्षित भएको बताउदै तालिमबाट मुस्लिम महिलाहरुले आफ्नो अधिकारहरुको बारेमा जानकार हुने बताइन् ।

तालिमबाट केही कुरा सिकेर आफ्नो हक अधिकारहरुको लागि आफै लड्न सक्नुपर्छ उनले भनिन्–‘हाम्रो समुदायमा गर्न बाँकी अँझै धेरै कामहरु छन् आफ्नो हक अधिकारका लागि हामि आफै अघी बढ्नु पर्छ ।’

सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख उद्धवप्रसाद श्रेष्ठले तालिममा सक्रिय सहभागीता जनाई तालिमका विषयवस्तुलाइ आत्मसाथ गर्न सहभागीलाइ अनुरोध गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलाको अवस्था र महिलावाद, नेतृत्व विकास, सकारात्मक सोच लगायतको विषयमा सहजीकरण गरेका थिए ।

तीन तिनसम्म चल्ने तालिमको उद्घाटन समारोहको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने बास नेपालका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत संगै तालिमको उद्देश्यमाथी जानकारी गराएकी थिइन् ।

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाका ९० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार
ताजा समाचार