खजुरा सैनिकका महिलाहरु लायान्सको सहयोगमा पञ्चेबाजा सिकेर व्यवसायिकरण गर्दै

लक्ष्मी तिमिल्सेना ३१ बैशाख २०८२, बुधबार १०:२७
 

नेपालगञ्ज  : भनिन्छ सिप सिक्नलाई उमेरले छेक्दैन, जाँगर र जोस भए आँटेको जस्तो पनि काम गर्न सकिन्छ । बाँके खजुरा–२ सैनिकका मगर समुदायका ३० वर्षदेखि ६० वर्षसम्मका महिलाहरु यतिबेला गाउमा नौमती र पञ्चेबाजा सिकेर यसको संरक्षणसहित व्यवसायिकतातर्फ उन्मुख हुन थालेका छन् ।

खाना खाएर दिनभरी हुने फुर्सदको समयलाई सदुपयोग गर्दै लायन्स क्लवको आर्थिक सहयोगमा आफ्नो घरआँगनमै पञ्चेबाजा सिकेर यसको संरक्षण गरी व्यवसायिक रुप दिन थालिएको बाँके खजुरा–२ सैनिककी ६० वर्षिया देबिसरा थापामगर बताउछिन ।

केही दिन यता उनकोे दैनिकी फेरिएको छ । बिहानको खानाखाएर उनी नरसिंगा बाजा बोकेर सामुदायिक भवन पुग्छिन जहाँ लायन्सक्लवको सहयोगमा पञ्चेबाजा बजाउन सिकाउने गरिन्छ । ‘पछिल्लो पुस्तालाई प्रेरणा दिनको लागि ६० वर्षे उमेरको प्रवाह नगरी नरसिगा बाजां फुक्न थालेकी छु सासले अलि पुग्दैन तर पनि फुक्न छाडेकी छैन’–मुस्कुराउदै उनी भन्छिन ।

उनले बिहानको खाना खाएर दिनभरी त्यत्तिकै बस्ने समयको सदुपयोग गरी आफ्नो कला र संस्कृति जोगाउदै विभिन्न सभा उत्सवमा बाजा बजाएर आयआर्जन गर्ने योजना पनि सुनाईन ।

खजुरा–२ कै ४५ वर्षिया नैनाकुमारी मगरले दमाह बजाउन सिकेकी छन् । ‘घर परिवारले नगर सक्दैनौ भन्दा भन्दै सिक्नको लागि आएर छोटो समयमा बजाउन सक्ने भएपछि घरबाट पनि सहयोग र समर्थन पाएकी छु’–उनले भनिन ।


पूर्वजले आफ्नो कला र संस्कृतिको जर्गेना गर्नको लागि बाजा बजाएको सानोमा देखेको स्मरण गर्दै भन्छिन–‘सानोमा आफ्ना अभिभावकले बाजा बजाएको देखेकी थिए आज लायन्स क्लवको सहायताले आफैले बजाउन सक्ने भए ।’

खजुरा २ कै ४६ वर्षिया कुमारी थापामगरलाई यो उमेरमा के गर्न सकिएला जस्तो लागेको भएपनि नियमितको प्रयासपछि सिक्न सफल भएको बताईन । उनले भनिन–‘ पहिला त अलि गाह्रो भयो सिक्दै गएपछि दमाह र ढोलकी बजाउन सिके । अब मैले पनि साथीलाई सिकाउन पनि सक्ने भएकी छु ।’

सो तालिमका प्रशिक्षक विष्णुले आफु आउदा निरास भएको तर, प्रशिक्षार्थीहरुको लगनका कारण आशाको किरण पलाएको बताए ‘पहिलो दिनमा खै के गर्नुहोला र भन्ने लागेको थियो तर, उहाँहरुको मेहनत र लगनले छोटो समयमै बाजाको लय समात्न सक्ने हुनु भएको छ’–प्रशिक्षक विष्णुले भने ।

लयन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायक, लयन्स क्लब अफ नेपालगञ्ज युनीटि र लयन्स क्लब अफ नेपालगञ्ज युथको आर्थिक सहयोगमा पोखरादेखि प्रशिक्षक झिकाएर लायन्स विकास कार्यक्रम अन्तरगत सो तालिम सञ्चालन गरिको लायन्स नेतृ बिन्दु चर्तीमगरले जानकारी दिईन ।

व्यवसायिक नौमति बाजाको लागि आवश्यक बाजा उपकरणसहित सञ्चालन गरिएको सो तालिममा २ पुरुष, १६ महिला गरी १८ जनाले गत चैत्र १३ गतेदेखि नेपाली मौलिक बाजा बजाउन सिकेर संरक्षणसहित व्यवसायीकरण गर्ने उद्देश्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका अश्व पालक किसानसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१ बैशाख २०८२, बुधबार १०:२७
नेपालगञ्ज :  नेपालगञ्ज उपहानगरका घोडा, खच्चड र गधा (अश्व प्रजाती) पालक किसानहरुसंगको प्रतिजैविक प्रतिरोध विषयक एकदिने अभिमुखिकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा संस्थाले ‘द बु्रक हस्पिटल फर एनिमल्स यूके’को आर्थिक सहयोगमा दिगो अश्व कल्याणकारी परियोजना अन्तरगत एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पशु […]