२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कोशी प्रदेश सरकारले जेठ १५ गते नीति तथा कार्यक्रम ल्याउने



विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सरकारको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार
ताजा समाचार