कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ६ जेष्ठ २०८२, मंगलवार १९:३५
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

उनले प्रदेश सरकार र स्थानीय सरकारबीच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागू भएको जानकारी दिँदै त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।


‘हरेक कामलाई उपलब्धिसँग जोड्न जरुरी छ । व्यापक दृष्टिकोणसहित योजनाहरू अघि बढाउनुपर्छ, जसले जनतालाई उपलब्धिसँग जोड्न सकोस्, नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकोस’–मुख्यमन्त्री आचार्यले भने–‘प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएर अघि बढेको छ ।’

जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘हामीले प्रवाह गर्ने सूचना प्रभावकारी हुन जरुरी छ । कसैले पनि थाहा पाएनौँ’ भन्ने अवस्था आउन दिनु हुँदैन’–उनले भने यस काममा कर्मचारी साथिहरूले विशेष ध्यान दिन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका मुस्लिम महिलालाई तीनदिने नेतृत्व विकास तालिम सुरु

६ जेष्ठ २०८२, मंगलवार १९:३५
नेपालगञ्ज :  सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एवम नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम नेपालगञ्जमा सुरु भएको छ । तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार उद्घाटन गर्दै मुस्लिम महिलाको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको […]