२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

चट्याङ लागेर जुम्लामा २० भेडा मरे



जुम्ला :  जुम्लामा चट्याङ्ग लागेर डेढ दर्जन बढी भेडा मरेका छन् । गुठिचौर गाउँपालिका झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय दुई किसानका २० वटा भेडा मरेका हुन् ।

गुठीचौर गाउँपालिका–२ का स्थानीय युवा विरेन्द्र बोहोराका अनुसार शनिबार साँझ पाँच बजेतिर झुलेनीमा परेको चट्याङले जुम्लाको गुठिचौर गाउँपालिका गोठिगाउँका २ हिरबहादुर ऐडी र धनकृष्ण रोकाया भेडा चट्याङ्ग लागेर मरेका हुन । पानी परेको बेला रुखमुनी ओतमा बसेको समयमा चट्याङ परेको थियो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले दुई जना किसानका २० वटा भेडा मरेको तथ्याङ्क आएको बताए ।

उनले भने–‘ शनिबार साँझपख परेको पानी सहितको चट्याङ्गका कारण हिरबहादुरका १६ वटा धनकृष्ण रोकायाका ४ वटा भेडा मरेको विवरण प्राप्त भएको छ ।’

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार
ताजा समाचार