बालुवाटारमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको छलफल

सदरलाइन संवाददाता ६ बैशाख २०८२, शनिबार १९:२३
 

छलफल सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ :  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समसामयीक विषयमा शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता छलफलमा सहभागी छन् ।

संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता छलफलमा जुटेका हुन ।


प्रधनमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा तीन दलका शीर्ष नेतासँगै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छन् । गोरखापत्र अनलाईनबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्यद्वारा १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

६ बैशाख २०८२, शनिबार १९:२३
रुपन्देही  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन् । इन्डो नेपाल क्लब च्याम्पियनसिप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको धारणा राखे । ‘खेल हेर्नका लागि विदेशी […]