२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

तिब्बत भूकम्प अपडेटः कम्तीमा ३६ जनाको मृत्यु



काठमाडौं :  चीनको तिब्बत स्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पमा परी हालसम्म चीनमा ३६ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७ दशमल १ म्याग्निच्युड रहेको जनाएको छ । तर सिजिटिएनले भने ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली नै खटाइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार
ताजा समाचार