२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

डोल्पामा प्रेसर कुकुर विस्फोट हुँदा आमाछोरी घाइते



संकेतिक चित्र गुगुलबाट साभार गरिएको

                                                                                                                                                                               संकेतिक चित्र गुगुलबाट साभार गरिएको

डोल्पा :  हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –६ फुल्चिङमा खाना पकाउने क्रममा प्रेसर कुकर विस्फोट हुँदा एकैघरका आमा छोरी घाइते भएका छन ।

मंगलवार सांझ खाना (भात) पकाई रहेको प्रेसर कुकर विस्फोट हुंदा ४५ वर्षिया आमा गुनी रोकाया र उनकी ११ वर्षिया छोरी अनु रोकाया घाइते भएका हुन् ।

जिल्ला अस्पताल डोल्पाका नेत्र सहायक अमृत कठायतका अनुसार कुकर विस्फोटवाट घाइते हुनु भएकी गुनी रोकायाको बायाँ आँखाको नानी पुरै जलेको छ र दायाँ आंखाको नानीमा घाउ भएकाले उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित फुल्टेक्रा आँखा अस्पतालमा रिफर गरिएको छ ।

विस्फोटबाट घाइते ११ वर्षीया अनु रोकायाको आँखामा सामान्य जलन भएको र निधारमा समेत साकान्य चोट लागेकोमा जिल्ला अस्पतालमै उपचारपछि अवस्था सामान्य रहेको छ ।

मंगलबार साझको ५ बजेतिर विस्फोट भएकोमा एम्बुलेन्सको ब्यवस्थापन गर्दै समय बितेपछि राती ११ बजे मात्र घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । सदरमुकाम दुनैदेखि ३५ किलोमिटरको दुरीमा रहेको फुल्चिङ गाउँवाट टढा छ ।

प्रकाशित मिति : २०८१ पुस १७ गते बुधबार
ताजा समाचार