२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

डोल्पामा आगलागीमा परि ७५ बर्षिय जेष्ठ नागरिकको मृत्यु



डोल्पा :  डोल्पाको मुड्केचुला गाउँपालिकामा बुधबार भएको आगलागीमा परि ७५ बर्षिय जेष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले वडा नम्बर –४ ईल स्थित गाउँमा रहेको बादी कामीको घरमा विहान ९ बजेको समयमा आगलागी हुंदा ७५ वर्षिय जेष्ठ नागरिक बादी सार्कीको सुतेको अवस्थामा जलेर मृत्यु भएको जानकारी दिए ।

मृतक बृद्ध अवस्थाका र अस्वस्थता कारण घरभित्र अगेना नजिक सुतिरहेको अवस्थामा ओढेको बल्ङकेट चुलोमा परेर जल्दा आगलागी भएको प्रहरीले जनाएको ।

आगलागीबाट दुईतले माटो ढुङ्गा र काठले बनेको घर जलेर पुर्णरुपमा ध्वस्त भएको छ । मृतक कामीका ज्वाइँ र छोरी काम विशेषले खेतवारीमा गएको अवस्थामा घर आगलागी भएको थियो ।

आगलागी पछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी स्थानीय लागेर गोठमा भएका पशुचौयाको सकुशल उद्दार गरिएको थियो । आगलागीको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली समेत घटनास्थल गएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार
ताजा समाचार