कर्णाली विकास बैंक समस्याग्रस्थ भन्दै राष्ट्र बैंकले लियो व्यवस्थापनको जिम्मा

सदरलाइन संवाददाता ११ पुष २०८१, बिहीबार १८:५४
 
फाईल फोटो
फाईल फोटो

काठमाडौं :  नेपालगञ्जमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेको कर्णाली विकास बैंक लिमिटेड नेपालगञ्ज, बाँकेलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंक आफैंले लिएको छ । बैंक सन्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ ।


जसमा सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले भोलिदेखि नै जिम्मेवारी सम्हाल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीको विचमा १९ बुदे साझा प्रतिबद्धता

११ पुष २०८१, बिहीबार १८:५४
सुर्खेत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशको विचमा १९ बुदे साझा प्रतिबद्धता भएको छ । दुई प्रदेशको समृद्धि र विकासको साझा सरोकारको बिषयलाइ दुबै मुख्यमन्त्रीले साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन । दुबै प्रदेशको आगामी बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा […]