२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

रोल्पा घटनाप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त



दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार रोल्पा जिल्लामा भएको दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।

रोल्पामा झोलुंगे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको उल्लेख गर्दै मृतक प्रति श्रद्धाजली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन ।

निर्माणको काममा व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम बढाउन मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षलाई निर्देशन दिदै भने–‘पुल निर्माणको काममा खटिएको बेलामा भएको घटनाले स्तब्ध र दुखी बनाएको छ । निर्माणको कामहरु गर्दा त्यहाँ खटिने श्रमिकहरुको सुरक्षा सुनिश्चित गरेर मात्रै अघि बढाउन अनुरोध गर्दछु ।’

रोल्पा सुनछहरी गाँउपालिका वडा नं.३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको लागि खाल्डो खनेर पर्खाल लगाउने काम चलिरहदा माथिबाट माटोको ढिस्को भत्किएर पुरिदा पाँच जना मजदुरको मृत्यु भएको थियो ।

घटनामा परेर सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ का दुजमन परियार, सोही ठाउँ निवासी बर्ष ३१ का ओम परियार, बर्ष ४० का सुबित्रा परियार, बर्ष २७ का आईती परियार, वडा नं. ३ बहिरी गाम बस्ने बर्ष ६६ को देबिराम परियारको मृत्यु भएको थियो । चार जनाको पहिलो चरणमा र एक जनाको दोस्रो चरणमा शव निकालिएको थियो ।

एलबि एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै थिए । जस मध्य दुई जनाले भागेर ज्यान बचाउन सफल भएका थिए । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार
ताजा समाचार