बाँकेमा अझै पनि ईन्धनको रुपमा गोबर गुइँठाको प्रयोग हुँदै

यदुराज मिश्र २ पुष २०८१, मंगलवार १९:३८
 

डुडुवा (बाँके) :  बाँकेमा अझै पनि ईन्धनको रुपमा गोबर गुइँठाको प्रयोग हुँदै आएको छ । ग्रामीण भेगका गरिब तथा न्यून आयवर्गले खाना पकाउनका लागि चुुलो बाल्न वैकल्पिक ईन्धन ऊर्जाका रूपमा गोबर गुइँठाको प्रयोग गर्दै आइरहेको छन् ।

डुडुवा–१ का राम अहिरले न्यून आय भएका तथा विपन्न परिवारले खानपकाउने ईन्धनको रुपमा अझैपनि गोबर गुईठाको प्रयोग गर्दै आएको बताए । उनले खाना पकाउन मात्र नभएर चिसो छल्नका लागि पनि गोबर गुइँठाको प्रयोग हुने गरेको बताए । दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनःदाउरा तथा गोबर गुइँठाको प्रयोग बढ्दै गएको हो ।


उनले गोबर गुईठा बाल्दा धुँवा हुने र यसले स्वासप्रस्वासमा जटिल बनाउने भएपनि चरम गरिबीका कारण खाना पकाउने ईन्धनको रुपमा प्रयोग गर्न बाध्य भएको ठोकुवा गरे ।

डुडुवाको ग्रमिण भेगमा ग्याँसमा खाना पकाउँदै आइरहेका कतिपय महिलाले पनि अहिले दाउरा तथा गोबर गुइँठाको प्रयोग गर्नु परेको डुडुवा–६ की लक्ष्मी कुर्मी बताउछिन । उनले सहज रूपले दाउरा पनि नपाउने गरेको तथा दाउरा पाए पनि चर्को मूल्य तिरेर खरिद गर्न समस्या हुने गरेकाले गुइँठाप्रति आकर्षण बढेको बताइन् ।

गोबरगुइँठाले खाना पकाउने तथा आगो पनि ताप्ने उद्देश्यले गाउँघरका महिला गुइँठा बनाउनमा व्यस्त रहने गरेका छन् । ग्यासमा खाना पकाउँदै आएका महिला अहिले जाडो छल्न गुइँठाले चुलो बाल्न बाध्य भएको स्थानीय सावित्री वर्माले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनटिभी र रेडियो नेपाल पिएसबीमा रुपान्तरण भएको नागरिकले महशूस गर्नुपर्छः कार्यकारी अध्यक्ष विष्ट

२ पुष २०८१, मंगलवार १९:३८
काठमाडौँ  :  सार्वजनिक सेवा प्रसारण संस्था पिएसबीसंग सम्बन्धित नीतिगत र व्यवहारिक विषयवस्तुलाई यसै आर्थिक बर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनेको सार्वजनिक सेवा प्रसारण संस्था नेपालका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पिएसवी सञ्चालनको नियामावली तथा त्यससंग सम्बन्धित विनियामावली […]

सम्बन्धित