२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाँकेको डुडुवा गाउँपालिकाद्वारा राप्ती नदीमा शबदाह गृह निमार्ण गर्दै



डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिकाले सिद्धनियाँ घाट राप्ती नदीमा शबदाह घाट निमार्णलाई तीब्र पारेको छ । डुडुवा गाउँपालिकाले वार्ड नंं–५ को राप्ती नदीको पुल नजिकै शबदाह घाट निमार्ण गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जिल्लाका विभिन्न स्थानबाट शब लिएर अन्त्यष्ठिको लागि घाटमा आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निमार्ण गरिएको जानकारी दिए । उनले राप्ती नदी सिधानियाघाट व्यवस्थापनका लागि पालिकाले भौतिक पुर्वाधार निमार्ण शुरु गरेको बताए ।

अध्यक्ष चौधरीले आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शब दाह गृह निमार्ण, क्रियापुत्री घर, स्नान घर, सर्बसाधारणलाई नुहाउनका लागि घाटलगायतका संरचना निमार्ण गर्ने योजना रहेको स्पष्ट पारे ।

गाउँपालिकाको रु ४२ लाखको सहयोगमा डुडुवा–५ स्थित राप्ती घाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भईरहेको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनले नदीको छेउमा पानी भरेका कारणले शबदाह गृह निमार्ण गर्न ढिलाई भएकोले अब केहीदिनभित्र निमार्णको कार्य सम्पन्न हुने बताए । उनका अनुसार नदीको छेउमा कंक्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शबदाह निमार्ण गरिनेछ ।

शबदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताए ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार
ताजा समाचार