२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

रवि लामिछानेलाई बयान सकेर कास्की फर्काईयो



रूपन्देही : सहकारी ठगी प्रकरणमा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान सकेर पुन कास्की फर्काईएको छ ।

बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज शुक्रबार कास्की फर्काईएको हो ।

बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भए पनि मौसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पौने २ बजेमात्र कास्की उडेको रूपन्देही प्रहरीले जनाएको छ ।

गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको  नाममा  एक  करोड  ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क  प्रालिमा  गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको कारणले उनलाई बयानको लागि रुपन्देही ल्याईएको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार
ताजा समाचार