२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

बिदेशमा रहेका पार्टी नेताका छोराछोरीलाई पार्टी काममा लगाउन एमाले महासचिव पोखरेलको निर्देशन



दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् ।

गृहजिल्ला दाङको तुलसीपुरमा आइतबा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन ।

उनले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने तथ्यप्रति सचेतसमेत गराए । ‘नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन । विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस,’ महासचिव पोखरेलले भने ।

विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए ।

एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाई जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने जानकारी पनि गराएका थिए ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार
ताजा समाचार