कोशीमा मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

सदरलाइन संवाददाता २८ भाद्र २०८१, शुक्रबार १७:५८
 

बिराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिषरिषद विस्तार गरेका छन् । कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका मन्त्री र राज्यमन्त्रीहरु थप गरी विस्तार गरिएको हो ।

नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएपछि खाली रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिंह हाङ्गाम, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सदानन्द मण्डललाई दिइएको छ ।

यसैगरी भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशीलाई नियुक्त गरिएको छ ।


विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन ।

यसैगरी नवनियुक्त राज्यमन्त्री भूमि प्रसाद राजवंशीलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ गराएका छन् ।

सो सपथ कार्यक्रममा सभामुख अम्बरबहादुर विष्ट, पुर्व मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कविता कागजको पानामा लेख्न सकिन्छ तर, नाटकमा होइन : देवेन्द्रराज अंकुर

२८ भाद्र २०८१, शुक्रबार १७:५८
दिल्ली : मित्रराष्ट्र भारतको राजधानी दिल्लीमा रहेको मोतीलाल नेहरू कलेज र आईक्यूएसीकोे सांस्कृतिक समितिको सहयोगमा कला, साहित्य र संस्कृतिमा एक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कवि लीलाधर मण्डलोई, पद्मश्री कवि सुरेन्द्र दुबे, डा. स्नेहा ठाकुर र प्रा एवम् कवयित्री अनामिकाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा कथा थिएटरका अग्रगामी देवेन्द्रराज अंकुरको […]