दिल्ली : मित्रराष्ट्र भारतको राजधानी दिल्लीमा रहेको मोतीलाल नेहरू कलेज र आईक्यूएसीकोे सांस्कृतिक समितिको सहयोगमा कला, साहित्य र संस्कृतिमा एक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा कवि लीलाधर मण्डलोई, पद्मश्री कवि सुरेन्द्र दुबे, डा. स्नेहा ठाकुर र प्रा एवम् कवयित्री अनामिकाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा कथा थिएटरका अग्रगामी देवेन्द्रराज अंकुरको पनि सहयोग रहेको थियो ।
उनले नाटक रच्ने प्रक्रियाको बारेमा बताउँदै कविता कागजको पानामा मात्रै पूरा गर्न सकिने कुरामा जोड दिदै कविता रंगमञ्च नभएको जिकिर गरे ।
कार्यक्रममा मोतीलाल नेहरू कलेजका प्रिंसिपल योगेश्वर शर्माले कार्यक्रमका बारेमा शुभकामना ददै शिक्षकहरुका साथै छात्रछात्राहरुलाई कार्यक्रमां सहभागिता जनाएकोमा धन्यबाद दिएका थिए ।
उनले साहित्य, संस्कृति र कलामा हाम्रो कलेज अगुवा बनोस् र विश्वविद्यालयका अन्य कलेजका लागि उदाहरण बनोस् भन्ने विश्वविद्यालयको चाहना रहेको बताए ।
कार्य साँस्कृतिक समितिका संयोजक सौरभ सराफले कार्यक्रमको सफलताको लागि सबैलाई बधाई दिएका थिए । सो कार्यक्रममा आईक्यूएसीका संयोजक ए एम खानले सबैलाई धन्यवाद दिँदै सबैको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए । उनले भने–‘यसका लागि हामी तपाईंहरू सबैप्रति आभारी छौं ।’
कार्यक्रममा सांस्कृतिक समिति सदस्य कर्मवीर धुरन्धर, सन्दीप मान्झी, रमाकान्त दुबे, कार्यक्रम संयोजक योगेश रस्तोगी, रुचिता सिंह आदिको उपस्थिति थियो ।