शनिवार बाँकेबाट १५ जना डिस्चार्ज

; २७ भाद्र २०७७, शनिबार ०९:३४
 

नेपालगञ्ज : बाँकेबाट शनिवार १५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ६ महिला र ९ पुरुषलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आईसोलेशनमा रहँदा १४औं दिनमा कोरोनाको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए ।


योसँगै बाँकेबाट हालसम्म ९ सय ८५ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । हाल बाँकेको विभिन्न आईसोलेशन सेन्टरमा ३ सय ७६ जना संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म १ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।

Next Post

रुपन्देहीका एक कोरोना संक्रमितको मृत्यु

२७ भाद्र २०७७, शनिबार ०९:३४
बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ १४ गते अस्पतालमा भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या […]

सम्बन्धित