सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेसले सोमवार नेपालगञ्जमा शक्ति प्रदर्शन शुरु गरेको छ । देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप नेपालगञ्जमा विशाल प्रदर्शन शुरु गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको र मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो । विरोध जुलुसले अहिले नेपालगञ्जको बिभिन्न भागमा परिक्रमा गरिरहेको छ ।

