सुबिसु केबलनेट प्रालिद्वारा क्लियर टिभीमा ई–कक्षा सुरु

४ असार २०७७, बिहीबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ को संक्रमणबाट जोगिदै पढाई सुचारु गर्नको लागि इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभीको माध्यमबाट ई कक्षा प्रसारण सुरु गरेको छ ।

ई–कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित हुदै आएको छ । क्लियर टिभीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्च्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामग्रीलाई समावेश गरी च्यानलको प्रसारण सुरू गरेको हो ।


छरितो ईन्टरनेट सेवाको लागि सुविसुले पछिल्लो दिनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यस संस्था क्लियर टिभी, सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा पनि हो ।

विज्ञान, समाजिक शिक्षा, अगँे्रजी, हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई( कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुने बताईएको छ । बिद्यार्र्थीका निम्ति यो कार्यक्रमनिकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहक बर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्तगर्न सक्ने छन ।

Next Post

भेरीको रिपोर्टमा थप आठ जना कोरोना पोजेटिभ

४ असार २०७७, बिहीबार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बिहीवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका तीन, बर्दियाका चार र दैलेखका एकजना जनामा कोरोना पुष्टि भएको हो । नेपालगञ्जका एकजना, खजुराका एक र नरैनापुरका एकजना रहेका छन् भने राजापुर बर्दियाका २ जना, बढैयातालका एक र दैलेखका […]