कोशी प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउने पहल गर्दै

सदरलाइन संवाददाता २७ भाद्र २०८१, बिहीबार १९:१७
 
विराटनगर  :   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेशले मोरङको कटहरीको कृषि थोक बजारमा आयोजना गरेको चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम बजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि केन्द्रीत रहेको जानकारी दिए ।

उनले प्रदेशको २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजननामा कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको बताए । मुख्यमन्त्री कार्कीले नीजी क्षेत्रको सहकार्यमा यही वर्ष हुने लागानी सम्मेलनमा प्रदेश सरकारले राखेका एक सयवटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलश्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताए । उनले भने–‘लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।’ मुख्यमन्त्री कार्कीले किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको र यसलाई निरन्तरता दिइएको समेत जानकारी दिए ।

महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्विस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा नीजि क्षेत्रलाई आकर्षित गरि निर्यात गर्न सकिने धारणा राखेका थिए ।

एक्स्पोमा १३० बटा स्टलमा कोशी प्रदेश, भारतको विहार र वङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षी, पर्यावरणमैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञसंग छलफल, नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती, कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको छ ।

एक्स्पोमा कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउन एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार

२७ भाद्र २०८१, बिहीबार १९:१७
  नेपालगञ्ज :  नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै यही असोज १२ गते शनिवार महासंघको सबै तहको निर्वाचन हुने जानकारी दिएका छन् । यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोके पनि अध्यक्ष विपुल पोखरेलले […]

सम्बन्धित