कोभिडविरुद्धको खोप लगाउँदै खजुरा गाउँपालिका

सदरलाइन संवाददाता २० चैत्र २०७९, सोमबार १२:२३
 

खजुरा (बाँके) : खजुरा गाँउपालिकाले सोमबारदेखी कोभिड विरुद्धको खोप लगाउने भएको छ । आगामी तीन दिनसम्म गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थामा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु हुने स्वास्थ्य शाखाका लक्ष्मी केसीले जानकारी दिइन् ।

उनका अनुसार यसअघि एकपटक पनि खोप नलागाएका १८ बर्षमाथिका सबैको लागि भेरोसेलको पहिलो मात्रा, १२ बर्षमाथिका सबै दिर्घरोगीहरु, गर्भवती, स्वास्थ्यकर्मी तथा ५५ बर्षको माथिका सबैलाई पिफाइजरको पहिलो र दोस्रो बुस्टर डोज लगाउने कार्यक्रम रहेको छ ।


आफुलाई पायक पर्ने स्थानमा पुगेर खोप लगाउन गाउँपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फत्तेपुर जंगलमा मरेको चितुवा फेला

२० चैत्र २०७९, सोमबार १२:२३
राप्तीसोनारी (बाँके) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलमा चितुवा मरेको अवस्थामा फेला परेको छ । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र चितुवा मरेको अवस्थामा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए । ‘सडेंगलेको अवस्थामा […]